दफा १२४
प्रतिबादी कायम हुन निवेदन दिन सक्ने

(१) अदालतमा प्रतिउत्तर दर्ता भएपछि फैसला हुनु अगावै फिरादपत्रमा प्रतिबादी बनाइएको बाहेकका अन्य कुनैव्यक्तिले चाहेमा अदालतमा विचाराधीन कुनै मुद्दामा आफ्नो हक, हित, दाबी वा सरोकार रहेको र त्यस्तो मुद्दाफैसला हुँदा आफ्नो हक, हित, दाबी वा सरोकार समेत प्रभावित हुने आधार र कारण खुलाई त्यस्तो मुद्दामा आफूलाईसमेत प्रतिबादी कायम गर्न अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्राप्त भएको निवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले निजलाई समेत प्रतिबादी कायम गरीसो मुद्दाका बादी र अन्य प्रतिबादीलाई त्यसको जानकारी दिनु पर्नेछ।तर यसरी कायम भएको प्रतिबादीले बादी विरुद्ध प्रतिदाबी गर्न सक्ने छैन ।